विकास र विकासका पूर्वाधार सम्बन्धि प्रश्नोत्तर
१) दिगो विकास भनेको के के हो ?
उत्तर:- प्राकृतिक बस्तुको सदुपयोग गर्दै भावी पुस्ताको भविष्य सुरक्षित रहने गरी सञ्चालन गरिएका आर्थिक गतिविधिलाई दिगो विकास भनिन्छ।
२) स्रोत र साधन भनेको के हो ?
उत्तर:– देश विकासका निमित्त नभई नहुने प्राकृतिक तथा माननिय तत्वहरुलाई स्रोत र साधन भनिन्छ।
३) सहस्राब्दी विकास लक्ष्य भनेको के हो ?
उत्तर:- सन् २००० को सम्मेलन 4 विश्वका विकासोन्मुख राष्ट्रहरुमा रहेको आर्थिक तथा मानबिय गरिबी अन्त्य गर्ने संयुक्त राष्ट्र सङ्घको प्रतिबद्धतालाई सहस्राब्दी विकास लक्ष्य भनिन्छ ।
४) विकास प्रस्ताव तर्जुमा भन्नाले तपाई के बुझ्नुहुन्छ ?
उत्तर:– विकास निर्माण आयोजना सञ्चालन गर्नका लागि पेश गरिएको योजनाबद्ध कार्यक्रमलाई बिकास प्रस्ताब तर्जुमा भनिन्छ।
५) स्थानीय स्तरमा विकास प्रस्ताव तर्जुमा गर्ने पहिलो र अन्तिम चरण कुन कुन हुन् ?
उत्तर: स्थानीय स्तरमा विकास प्रस्ताव गर्ने पहिलो चरण आवश्यकता पहिचान र अन्तिम चरण अनुगमन तथा मूल्यांकन हो।
६) स्थानीय योजना तर्जुमा प्रकियाअन्तगर्त अवस्था अध्ययन गर्दा कुन – कुन पक्षको अध्ययन हुन्छ?
उत्तर:- स्थानीय योजना तर्जुमा प्रक्रियाअन्तर्गत क्रिया अन्तर्गत अवस्था अध्ययन गर्दा आयोजनाबाट प्रभावित हुने समूहका क्षेत्रको जिविकोपार्जन प्रकृतिक स्रोत व्यवस्थापनको अध्यन हुन्छ।
७) सहस्राब्दी विकास लक्ष्यका कुनै दुई लक्ष्य लेख्नुहोस।
उत्तर:- सहस्राब्दी विकास का लक्ष्यहरू:
गरिबी र भोकमरी अन्त्य गर्ने
बाल मृत्युदर घटाउने
मात्रृ स्वास्थ्यमा सुधार गर्ने
८) सहस्राब्दी विकास लक्ष्यमा गत्ति लक्ष्य र परिसूचक तोकिएका थिए ?
उत्तर:- सहस्राब्दी विकास लक्ष्यमा ८ लक्ष्य र २१ परिसूचक तोकिएका थिए।
(ख) तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् ।
१) आयोजना भनेको के हो ? देश विकासमा आयोजनाको महत्व र आवश्यकताबारे प्रस्ट पार्नुहोस् ।
उत्तर:- आयोजना भनेकाे निश्चित अवधिभित्र पुरा हुने गरी तयार गरिएको योजनावद्ध विकास कार्यक्रमलाई आयोजना भनिन्छ ।
देश विकासमा योजनाको महत्व र अवश्यकताः-
देशवासीका आवश्यकताहरु पुरा हुन्छन।
जनताका लागि सेवा र सुविधाहरु थप हुन्छन्।
विभिन्न्न क्षेत्रमा देश आत्मनिर्भर बन्दै जान्छन्।
देशको चौतर्फी विकासमा सहयोग पुग्छ।
देशको मान प्रतिष्ठा तथा इज्जतमा वृद्धि हुन्छ।
रोजगार तथा स्वरोजगारको अवसरहरुमा वृद्धि हुन्छ।
२) आयोजनाका पूर्वाधारहरु के-के हुन सक्छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर:- आयोजनाका पुर्वाधारहरुः
सडक तथा हवाई यातायातको विस्तार
संचारको सुविधा
स्वास्थ्य सुविधा
स्वच्छ खानेपानीको व्यवस्था
विद्युत्को भरपर्दो विकास।
पुजिको व्यवस्था अथार्त बलियो आर्थिक स्रोत
३) स्वदेशी लगानीमा आयोजनाहरु निर्माण हुनुलाई तपाई के भन्नुहुन्छ ? तर्कहरु प्रस्तुत गर्नुहोस्।
उत्तर:- स्वदेशी लगानीमा आयोजनाहरु निर्माण हुनु राम्रो कुरा हो l यसबारे तर्कहरु तल प्रस्तुत गरिएको छ:
भिखारीले बनेर अन्य मूलको अगाडी हात फैलाउनु पर्दैन।
विकास निर्माणका कार्यहरुमा जनसहभागिता बढ्छ
राष्ट्रिय गौरव तथा मान प्रतिष्ठामा वृद्धि हुन्छ।
देशको आन्तरिक ममिलामा बिदेशी हस्ताक्ष्रेप हुन पाउँदैन ।
आत्मनिर्भर भएर बाँच्ने बानीको विकाश हुन्छन्
४) दक्ष जनशक्तिलाई किन विकासको पूर्वाधार मानिन्छ ? कारण दिनुहोस्।
उत्तर:- दक्ष जनशक्तिलाई बिकासको पुर्वधार मान्नुको कारण देश विकासको पहिलो आधार भनेको विभिन्न तहमा योगदान पुरयाउनु सकने दक्ष जनशत्तिअरु हुन् । दक्ष जनशक्तिबिना देश विकासको कल्पना पनि गर्न सक्दैनन् । कुनै पनि योजनाको निर्माण अवधिदेखि कार्य सम्पन्न नहुँदासम्म देश चरणमा काम गर्ने दक्ष जनशक्तीको आवश्यकता पर्छ जस्तै :
यातायात, सञ्चार, विद्युत्, खानेपानी स्वास्थ्य, शिक्षा, पुल ,भवन आदि पूर्वाधारहरु निर्माण गर्न ,
मानवीय आवश्यकताका सम्पूर्ण वस्तुहरु निर्माण गर्न
प्रकिर्तिक वस्तुहरूको उपयोग गरी विभिन्न वस्तुहरूको निर्माण गर्न
देशलाई सही दिशा प्रदान गर्न, आदि कार्यका लागि दक्ष जनशक्ति नभइ नहुने मानवीय स्रोत हुन्।
५) दिगो विकास गर्न के के कुरामा ध्यान दिनुपर्छ ?
उत्तर:- दिगो विकास गर्न निम्नलिखित कुरामा ध्यान दिनुपर्छ :
स्रोत र साधनको व्यवस्थापन
स्थानीय सहभागिता
मानव विकास तथा प्रगति
वातावरण संरक्षण
स्रोत र साधनको न्यापूर्ण उपयोग
स्रोतको नवीकरण पुन प्रयोग, पुन: चक्रण
६) एउटा दक्ष जनशक्तिले धेरै जनशक्ति उत्पादन गर्छ। यस भनाईलाई उदाहरणसहित पुष्टि पार्नुहोस् ।
उत्तर:- दक्ष जनशक्तिमा सम्बन्धित पेसामा आवश्यक पर्ने ज्ञान, सीप र दक्षता हुन्छ । उ आफैले आफ्नो कार्य सम्पादन गर्न सक्छ । उसले अरुलाई पनि आफू जस्तै बनाउन सक्छ। उदाहरणका लागि एउटा डाक्टरले आफैले बिरामी उपचार गर्छ भने उसले अरु विधार्थीलाई पढाएर डाक्टर बनाउँन पनि सक्छ। आफ्नाे सुपनिरीक्षणमा थुप्रा डाक्टर तयार पार्न सक्छ। एक असल शिक्षकले थुप्रै शिक्षक उत्पादन गर्न सक्छ। जुनसुकै पेशामा लागेका भए पनि दक्ष जनशक्तिले आफू जस्ता अन्य जनशक्ति तयार गरे राष्ट्रको खाँचो पूरा गर्न सक्छन्। यसर्थ एक दक्ष जनशत्तिले धेरै जनशक्ति तयार गर्न सक्छ भनिएको हो।
७) दक्ष जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ ?
उत्तर:- दक्ष जनशक्ति उत्पादन गर्ने उपायहरु :
उचित तालिमको प्रबन्ध मिलाउने
समयअनुकुल वैज्ञानिक शिक्षा नीतिको कार्यान्वयन गर्नु
विकशित सूचना प्रविधिसँग आधावधिक गर्ने गराउने
अध्यान, भ्रमण अनुसान्धान र खोज गर्न
देशको आवश्यकताअनुसारको प्रविधि र व्यवहारिक शिक्षा प्रणाली विकास गर्ने।